मुख्यमन्त्री बनेका एक साताभित्रै विश्वासको मत लिँदै; पोखरे
द नेपाल मिडिया
४ असार २०७८, शुक्रबार ११:२०
४ असार, रौतहट । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार विश्वासको मत लिने भएका छन् ।
आज बिहानै ११ बजे प्रदेश सभाको बैठकमा उनले विश्वासको मतको प्रस्ताव राख्न लागेका स्रोतले जनाएको छ ।
मुख्यमन्त्री भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था भएपनि उनले एक साताभित्र नै विश्वासको मत लिन लागेका स्रोतले बताए ।






