ब्राजिलको लगातार दोस्रो जित

   ४ असार २०७८, शुक्रबार ११:०८  

४ असार, रौतहट । ब्राजिलले कोपा अमेरिका फुटबल प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

शुक्रबार विहान सकिएको खेलमा ब्राजिलले पेरुमाथि ४–० गोलको शानदार जित निकालेको छ । ब्राजिललाई जित दिलाउन एलेक्स सान्द्रो, नेइमार,एभर्टन रिबेइरो र रिचार्लिसनले एक–एक गोल गरेका थिए ।

खेलको ८९ मिनेटमा ब्राजिलले तेस्रो गोल गरेका थिए । रिचार्लीसनको पासमा एभर्टन रिबेइरोले गोल गरेका थिए । उनले ब्राजिलका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गरेका हुन ।

समूह ‘बी’ मा लगातार दोस्रो खेलमा जित हात पारेसँगै ब्राजिलले ६ अंक जोडेको छ। दोस्रो स्थानको कोलम्बियाको ४ अंक छ। शुक्रबारकै अर्को खेलमा कोलम्बिया र भेनेजुएलाले गोलरहित बराबरी खेले। यसअघि ब्राजिलले पहिलो खेलमा भेनेजुएलालाई ३-० गोलले हराएको थियो।

अब ब्राजिलले समूहको तेस्रो खेलमा कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ।