थप उपचारका लागि भारतको दिल्ली जादैँ झलनाथ खनाल

   २ असार २०७८, बुधबार १४:२८  

२ असार, रौतहट । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई थप उपचारका लागि आज भारतको नयाँदिल्ली पठाउँने तयारी भइरहेको छ ।

दुई दिनअघि स्वास्थ्यमा समस्या भएपछि, उनलाई काठमाडौँको नर्भिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

तर, सो अस्पतालमा उपचाररत खनालको स्वास्थ्यमा सुधार नभएका कारण थप उपचारका लागि उनलाई आज दिल्लीको एपोलो अस्पताल लैजाने तयारी गरिएको खनालको सचिवालयले जानकारी दिए ।

उनलाई ज्वरो आएपछि र रगतमा हेमोग्लोबिनको मात्रा कम भएका रेफर गरिएको उनका सचिवालयले जनाए ।