आज युरो कपमा तीन समूह खेल्ने

   ३० जेष्ठ २०७८, आईतवार १३:११  

३० जेठ, रौतहट । आज यूईएफए युरो कपमा तीन खेल हुँदैछन्।

आइतबार हुने पहिलो खेलमा इङ्ग्ल्याण्ड र क्रोएसिया भिड्नेछन्। समूह डि अन्तर्गतको खेलमा साँझ ६ः४५ बजे वेम्बली स्टेडियममा घरेलु टोली इङ्ग्ल्याण्डलाई क्रोएसियाले चुनौती दिनेछ।

यस्तै, दोस्रो खेलमा समूह सी को खेलमा अस्ट्रिया र नर्थ म्यासोडोनिया प्रतिस्पर्धा गर्नेछन् । रोमानियाँ स्थित नेशनल एरेना स्टेडियममा बेलुकी ९ः४५ बजे खेल सुरु हुनेछ, भने समूह सी कै अर्को खेलमा नेदरल्याण्ड्स र युक्रेन प्रतिस्पर्धामा उत्रने छन्। खेल नेदरल्याण्ड्सको एम्सटरड्याम स्टेडियममा १२ः४५ बजेदेखि सुरु हुनेछ।

त्यसैगरी, समूह डी मा इङ्ग्याण्ड, क्रोएसिया, चेक रिपब्लिक र स्कटल्याण्ड रहेका छन् । त्यस्तै, समूह सी मा युक्रेन, नेदरल्याण्ड्स, नर्थ म्यासाडोनिया र अस्ट्रिया रहेका छन्। एजेन्सी