कमाइको ४५ प्रतिशत कर तिर्छु; कंगना

   २६ जेष्ठ २०७८, बुधबार १४:५८  

२६ जेठ,

भारतमा सबैभन्दा बढी कर तिर्ने अभिनेत्री आफू भएकी बलिउड अभिनेत्री कंगना रनौतले दाबी गरेकी छिन् । तर,
अघिल्लो आधा वर्षदेखिको कर तिर्न कंगना असमर्थ रहेको इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ । यद्यपि, बाँकी करमा सरकारले ब्याज लगाए पनि कुनै आपत्ति नभएको उनले बताएकी छिन् ।

इन्स्टाग्राम स्टोरीमा कंगना लेख्छिन्, “म मेरो कमाइको अधिकतम ४५ प्रतिशत कर तिर्छु र म सबैभन्दा धेरै कर तिर्ने अभिनेत्री हुँ । तर, कामहरु ठप्प भएका कारण गत वर्षको आधा कर तिर्न सकिरहेको छैन । मेरो जीवनमा पहिलोपटक यस्तो भएको छ ।” एजेन्सी