मैत्रीपूर्ण खेलमा फ्रान्सकाे शानदार जित

   २६ जेष्ठ २०७८, बुधबार ०८:२२  

२६ जेठ, राैतहट । युरोकप फुटबलको तयारीमा रहेको फ्रान्सले मैत्रीपूर्ण फुटबल खेलमा शानदार जित हात पारेको छ ।

मंगलबार राति भएको खेलमा फ्रान्सले बुल्गेरियालाई ३–० ले पराजित गरेको हो । फ्रान्सका लागि ओलिभर जिरउडले दुई तथा एन्टोनी ग्रिजम्यानले एक गोल गरे ।

साविक विश्व विजेता फ्रान्स युरोकप २०२० को समूह एफ मा छ । उसले जुन १५ मा पहिलो खेलमा जर्मनीको सामना गर्दैछ ।