संसद विघटनविरुद्ध परेका रिटमाथि इजलालसमा सुनुवाई सुरु
२३ जेठ, रौतहट । संसद विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाई सुरु भएको छ ।
सर्वाेच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभाविरुद्ध परेका रिटमाथि सुनुवाई सुरु भएको स्रोतले जनाएको छ ।
यसअघि न्यायाधीशहरु र इजलास गठनमाथि नै अधिवक्ताहरुले प्रश्न उठाएपछि आज वरिष्ठताको आधारमा इजलास पुनर्गठन भएको स्रोतले जनाए ।
पुर्नगठित इजासलमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई रहेका छन् ।






