फ्रान्सले सहयोग गरेको स्वास्थ्य सामाग्री नेपाल पुग्यो

   १९ जेष्ठ २०७८, बुधबार १४:५४  

१९ जेठ, रौतहट । कोरोना माहामारीका बेला फ्रान्स सरकारले सहयोग गरेको विभिन्न स्वास्थ्य सामाग्री नेपाल आइपुगेको छ ।

कोभिड १९ विरुद्धको लडाइँमा ऐक्यबद्धता जनाउँदै फ्रान्सले ७ टन स्वास्थ्य सामग्री नेपाललाई सहयोग गरेको हो । नेपालका लागि फ्रान्सका राजदूतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ती स्वास्थ्य सामग्री आज स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका छन् ।

फ्रान्सले सहयोग गरेका स्वास्थ्य सामग्रीमा मास्क, एन्टिजेनिक टेस्ट कीट, चस्मालगायतका सामाग्री रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए ।