काेपा अमेरिका २०२१काे फुटबल प्रतियाेगिता ब्राजिलमा हुने

   १७ जेष्ठ २०७८, सोमबार २२:१६  

१७ जेठ, राैतहट । अन्तर्राष्ट्रिय महाद्वीपीय कोपा अमेरिका फुटबल प्रतियाेगिता २०२१ अब ब्राजिलमा हुने भएको छ ।

यसअघि आयोजकका रुपमा रहेका कोलम्बिया र अर्जेन्टिना दुवै आयोजकबाट हटाइए ब्राजिलले विश्वकै पुरानो फुटबल प्रतियोगिता आयोजना गर्ने भएको हो ।

दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय कन्मेबोलले सोमबार ४७औं संस्करणको कोपा अमेरिका ब्राजिलमा खेलाइने पुष्टि गरेको छ ।

कोरोना महामारी बढ्दो अवस्था कारण अर्जेन्टिनालाई आयोजकबाट हटाएको थियो । त्सअघि कोलम्बियालाई पनि आयोजकबाट हटाइएको थियो ।

कन्मेबोलले कोपा अमेरिकाको मिति पक्का भइसकेको र भेन्यु र अल तालिका केही घण्टापछि सार्वजनिक गर्ने जनाएको छ ।

कोपा अमेरिकामा दक्षिण अमेरिकाका १० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । ब्राजिल साविक विजेता समेत हो ।

काेपा अमेरिकामा सबैभन्दा सफल टाेली उरुगवे रहेका छन । उरुगवे हालसम्म १५ पटक जित्न सफल भएका छन् ।