कोरोनाविरुद्धको लडाईमा थाई राजपरिवारले सहयोग गरेको स्वास्थ्य सामग्री नेपाल पुग्यो
१६ जेठ, रौतहट । कोरोना माहामारीका बेला थाइल्यान्डको राजपरिवारले सहयोग गरेको स्वास्थ्य सामग्री आज बिहान नेपाल आइपुगेको छ ।
थाई राजपरिवारले कोरोनाविरुद्धको लडाइमा सहयोग गरेको स्वास्थ्य सामग्री प्राप्त भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएका छन् ।
त्रिभुवन विमानस्थलमा आयोजित एक समारोहका बीच नेपालका लागि थाई राजदूत भोषिता भोरासाफले स्वास्थ तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीलाई ती स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १० लाख थान सर्जिकल मास्क, पीपीई गाउन ११ हजार ५ सय २० थान, फेस शिल्ड पाँच हजार थान, अक्सिजन कन्सन्ट्रेटर आठ थानलगायत स्वास्थ्य सामग्री रहेको छ ।






