‘द कपिल शर्मा शो’ पुनः प्रसारण हुने
१२ जेठ, रौतहट ।
कोरोना माहामारीका कारण बन्द भएको द कपिल शर्मा भारतको चर्चित कमेडी रियालिटी शो ‘द कपिल शर्मा शो’ पुनः प्रसारण हुने भएको छ । द कपिल शर्मा शो आउँदो जुलाई २१ तारिखदेखि प्रसारणमा आउने भएको छ ।
यसका लागि आफ्नो सम्पूर्ण टिमसँग मिलेर कपिलले यही मे १५ बाट छायांकन सुरु गरिसकेका छन् । जुलाईदेखि प्रसारण हुने शोमा कपिल केही नयाँ अवतारमा प्रस्तुत हुँदै छन् ।
गएको फेब्रुअरीमा दोस्रो सन्तानका बाबु बनेका कपिलले परिवारलाई समय दिने भन्दै छायांकनबाट केही महिना ‘ब्रेक’ लिएका थिए । शो केही महिना बन्द हुने घोषणा गरिएको थियो । एजेन्सी






