यसपालिको फ्रेन्च लिग वन फुटबल सिजन सम्पन्न, लिलले जित्यो उपाधि
१० ज्येष्ठ, रौतहट । यसपालिको फ्रेन्च लिग वन फुटबल सिजनका खेलहरु सम्पन्न भएका छन् ।
सिजनको अन्तिम खेलमा पेरिस सेन्ट जर्मेन(पीएसजी) ले जित निकालेको छ । गएराति (आइतबार) राति भएको खेलमा ब्रेस्टलाई २–० गोलको अन्तरमा पीएसजले पराजित गरेको हो ।
केलियन एमबाप्पेले पीएसजीलाई जित दिलाउन एक गोल गरेका थिए । ७१औं मिनेटमा एमबाप्पेले गाल गर्दै पीएसजीलार्ई २–० को जित दिलाए ।
अन्तिम खेलमा जित निकाले पनि पीएसजी उपाधि रक्षा गर्न असफल नै भए । पीएसजीलाई एक अंकले पछि पार्दै लिलले उपाधि जितेका थिए ।






