बालुवाटारमा एमाले स्थायी कमिटी बैठक बस्दैँ

   ८ जेष्ठ २०७८, शनिबार १२:०३  

८ जेठ, रौतहट । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक बोलाएका छन् ।

प्रधानमन्त्री ओलीले आज ४ बजे सरकारी निवास बालुवाटारमा बैठक बोलाएका हुन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार गएराति संसद विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते चुनावको मिति घोषणा गरेकी छन् ।

शनिबार बस्ने बैठकमा चुनावको मिति घोषणा र पार्टीको आन्तरिक जीवनका विषयमा छलफल हुने कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।