राष्ट्रपतिद्धारा संसद विघटन, दुई चरणमा चुनाव हुने घोषण

   ८ जेष्ठ २०७८, शनिबार ०८:१६  

८ ज्येष्ठ, रौतहट । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राति बसेको बैठकले प्रतिनिधिसभा विघटन गरेर दुई चरणमा चुनाव हुने घोषण गरेकी छिन् ।

राष्ट्रपतिले मन्त्रिपरिषदको सिफारिसमा प्रतिनिधिसभा सदस्यका लागि चुनाव कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा हुने घोषणा गरेकी हुन् ।

राति बसेका मन्त्रिपरिषदको आकस्मिक बैठकले संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा विघटन गरी चुनावको घोषणा गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका थिए ।

उक्त सिफारिस माथि करिब १ः३० बजे तिर राष्ट्रपतिले हस्ताक्षर गर्दै एउटा विज्ञप्ति जारी गरेका थिए ।

विज्ञप्तिमा के भनिएको छ ?

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (७) बमोजिम वर्तमान प्रतिनिधि सभा विघटन गर्न र अर्को प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन संवत् २०७८ साल कार्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन संवत् २०७८ साल मङ्सीर ३ गते शुक्रबार सम्पन्न गर्नेगरी निर्वाचनको मिति तोक्ने नेपाल सरकार, मन्त्रिपरिषदबाट मिति २०७८/०२/०८ मा निर्णय भै सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम वर्तमान प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन संवत् २०७८ साल कार्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन संवत् २०७८ साल मङ्सीर ३ गते शुक्रबार सम्पन्न गर्नेगरी निर्वाचनको मिति तोक्नु भएको छ ।