पीएसएलकाे बाँकी खेलहरु यूएईमा हुने
७ ज्येष्ठ, राैतहट । पीएसएल (पाकिस्तान सुपर लिग)को छैटौं संस्करणका बाँकी खेलहरु यूएईकाे अबुधाबीमा हुने भएको छ ।
यूएई सरकारले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)को प्रस्तावलाई स्वीकृत गरेपछि यस संस्करणको बाँकी २० खेल अबुधाबीमा हुने भएको हो ।
यसअघि पाकिस्तानकाे कराँचीमा भएको प्रतियोगिता कोराेनाभाइरस कारण स्थगित गरिएको थियो ।
कराँचीमा फेब्रुअरी २० मा सुरु भएको प्रतियोगितामा ७ जनामा कोभिड संक्रमण देखिएपछि पीसीबीले अनिश्चितकालका लागि स्थगित गरेको थियो ।
पीएसएलका फ्रेन्चाइजहरुले पाकिस्तान क्रकेट बोर्डलाई लिगका बाँकी खेल यूएईमा गराउन आग्रह गरेका थिए । त्यसैल अनुसार बोर्डले यूएईलाई प्रस्ताव गरेको थियो र त्यो स्वीकृत भएको हो ।






