जसपा-ठाकुर पक्षको बैठक बस्दै , उपेन्द्र पक्ष बेखबर

   ७ जेष्ठ २०७८, शुक्रबार १०:०४  

७ ज्येष्ठ, रौतहट । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले आफ्ना पक्षका सांसदहरुको बैठक बोलाएका छन् । सिंहदरबारस्थित कार्यालयमा आज बिहान १० बजे बोलाइएको हो ।

उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षका एक नेताले आफूहरुलाई बैठकबारे जानकारी नभएको बताए । ठाकुर र महतो पक्षबाहेकका सांसदहरुलाई भने बैठकको खबर गरिएको छैन ।

जसपाको नेता बिमल श्रीवास्तवले अध्यक्ष ठाकुरले बोलाएको बैठकमा समसामयिक राजनीतिबारे छलफल हुने बताए ।