प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे प्रधानसेनापति थापा

   ६ जेष्ठ २०७८, बिहीबार १५:३१  

६ जेठ, रौतहट । सरकारी निवास बालुवाटारमा प्रधानसेनापति पूर्णचन्द्र थापा पुगेका छन् ।

नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अ‍ेलीलाई भेट्न थापा बालुवाटार गएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली आज स्थायी कमिटी बैठक पनि बोलाएका छन् । स्रोतले दिएका जानकारी अनुसार बैठक पनि सुरु भएको छ ।

प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठकपछि साँझ मन्त्रिपरिषद् बैठक पनि बोलाइएको स्रोतले जनाएको छ ।