फ्रेन्च कप फुटबलको उपाधि पीएसजीलाई
द नेपाल मिडिया
६ जेष्ठ २०७८, बिहीबार ११:५५
६ ज्येष्ठ, राैतहट । फ्रेन्च कप फुटबलको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जितेको छ ।
बुधबार राति भएको फाइनल खेलमा मोनाकोलाई २-० ले पराजित गर्दै पीएसजी च्याम्पियन बन्न सफल भएको हो ।
स्टेड डे फ्रान्स स्टेडियममा भएको खेलमा पीएसजीलाई जित दिलाउन माउरो इकार्डी र किलियन एमबाप्पेले गोल गरे ।
पीएसजीले सर्वाधिक १४ औं पटक फ्रेन्च कपको उपाधि जितेको हो । मोनाको ५ पटक यो उपाधि जितेको छ ।






