इङ्ल्यान्ड र अष्ट्रेलियाबीचको एसेज सिरिज डिसेम्बरबाट सुरु हुने

   ५ जेष्ठ २०७८, बुधबार १४:२६  

५ ज्येष्ठ, राैतहट । इङ्ल्यान्ड र अष्ट्रेलियाबीचको टेस्ट सिरिज ‘एसेज सिरिज’ को मिति तय भएको छ ।

सन् २०२१–२२ को एसेज सिरिज अष्ट्रेलियामा आयोजना हुने सिरिज डिसेम्बरबाट सुरु हुने भएको हो । डिसेम्बर देखि जनवरीसम्म सिरिज पाँच खेलको हुनेछ ।

सिरिज अन्तर्गतको पहिलो टेस्ट डिसेम्बर ८ देखि १२ सम्म हुनेछ । उक्त खेल ब्रिसबेनमा हुनेछ । डिसेम्बर १६ देखि २० सम्म हुने दोस्रो टेस्ट एडिलेटमा हुनेछ ।

मेलबर्नमा हुने तेस्रो टेस्ट २६ डिसेम्बर देखि ३० डिसेम्बरसम्म हुनेछ । चौंथो टेस्ट सिड्निमा हुनेछ । २०२२ जनवरी ५ देखि ९ सम्म उक्त टेस्ट चल्नेछ । अन्तिम तथा पाँचौ टेस्ट जनवरी १४ देखि १८ सम्म हुनेछ ।