कंगना रनावत कोरोनामुक्त

   ४ जेष्ठ २०७८, मंगलवार १५:२७  

४ जेठ, रौतहट ।

बलिउडकी अभिनेत्री कंगना रनावत कोरोना संक्रमण जितेकी छन् ।

कंगनाले इन्स्टाग्राममा स्टोरीमा आफू संक्रमणमुक्त भएको बताउँदै कोरोना जित्ने अनेक तरिका सिकेको तर फलोवर्ससँग सेयर नगर्ने पनि उल्लेख गरेकी छिन् ।

उनले भनेकी छिन्, ‘ममा कोरोना नेगेटिभ देखिएको छ । मैले कोरोनालाई कसरी जित्ने बारेमा धेरै भन्न सक्छु । तर म कोभिड फ्यानलाई अपमान गर्न चाहन्न । मेरो शुभ चिताउने सबैलाई धन्यवाद र माया ।’

गत साता इन्स्टाग्रामले उनको एउटा पोस्ट हटाएको थियो । एजेन्सी