संक्रमित कंगनाको भनाई कोरोनालाई हराउनेछु
२७ बैशाख, रौतहट । बलिउड अभिनेत्री कंगना रनावतलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले सामाजिक संजालमा एक तस्वीर पोष्ट गर्दै आफू संक्रमित भएको उल्लेख गरेकी हुन् ।
केही दिनदेखि आफूले थकान महशुश गरेको र आँखामा समेत अप्ठ्यारो महशुश भएपछि पीसीआर परीक्षण गराउँदा कोरोना रिपोर्ट पोजेटिभ आएको कंगनाले लेखेकी छन् ।
कंगनाले सामाजिक संजालमा लेखेकी छिन्–‘मैले आफूलाई होम क्वारेन्टाइनमा राखेकी छु । मलाई केही आइडिया नै थिएनँ कि यो भाइरसले मेरो शरीरमा पार्टी गरिरहेको थियो । अब मलाई थाहा भयो, यसैले म यो भाइरसलाई ध्वस्त पार्नेछु । आफूमाथि कुनै पनि शक्ति हावी हुन दिन हुँदैन ।
यदि, यो भाइरससँग डराउने हो, भने यसले झनै आक्रमण गर्छ । साथै कंगनाले कोभिड १९ केही पनि होइन, यो सामान्य फ्लू मात्रै हो, भनेर लेखेकी छन् ।’ एजेन्सी






