अगामी २७ गतेको बोलाएको संसद बैठकमा संक्रमित सासंद सहभागी होलान् ?

   २२ बैशाख २०७८, बुधबार ११:५९  

२२ बैशाख, रौतहट । अगामी २७ गते बस्ने संसद बैठकमा संक्रमित भएका सासंदहरु सहभागी हुने नहुनेबारे अन्यौल बढेको छ ।

नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने २७ वैशाखको मिति नजिकिदै जाँदा संक्रमित सांसदहरूका बारेमा निर्णय हुन नसक्दा अन्यौल सिर्जना भएको हो ।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले संक्रमित सांसदहरुलाई कसरी सहभागी गराउने भन्ने विषय छलफल भइरहेपनि निर्णय भइनसकेको बताए ।

नेकपा एमालेका मात्रै वरिष्ठ नेता झलनाथ खनालसहित ६ जना सांसदलाई कोरोना भाइरस (कोभिड १०)का संक्रमण पुष्टि भएको छ ।

खनालको स्वास्थ्य अवस्थामा सुधार हुदै गएपनि संसद बैठकमा सहभागी हुनेरनहुनेबारे निश्चित नभएको खनालको निजी सचिवालयले जनाएको स्रोतले बताए ।