पूर्वमन्त्री चित्रकारको कोरोनाका कारण मृत्यु

   २० बैशाख २०७८, सोमबार १३:१६  

२० बैशाख, रौतहट । प्रर्वमन्त्री प्रकाश चित्रकारको आज बिहान कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्यमा समस्या आएसंगै कोभिड १९ परीक्षण गराउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित भएपछि, उनी भैरहवा मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका थिए । अस्पतालमा उपचाररत पूर्वमन्त्री चित्रकारको सोमबार बिहान मृत्यु भएको राप्रपाका नेता अजय गुप्ताले जनाएका छन् ।

चित्रकार शाहीकालमा भुमिसुधार मन्त्री भएका थिए ।