रियल म्याड्रिडसँग ओसासुना पराजित

   १९ बैशाख २०७८, आईतवार १०:३६  

१९ वैशाख, रौतहट । रियल म्याड्रिडले स्पेनिस ला लिगामा ओसासुनालाई हराउँदै जित दर्ता गरेको छ । रियल म्याड्रिडको दुई ब्राजिलियन खेलाडी डिफेन्डर इडर र सेन्ट्रल मिडफिल्डर क्यासमिरोको गोलको मद्दतमा ओसासुनामाथि २—० को जित हासिल गरेको छ ।

घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा शनिबार राति भएको खेलमा रियलले बल पोसेसनामा पकड बनाएपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो ।

जितपछि दोस्रो स्थानमा रहेको रियलको ३४ खेलबाट ७४ अंक पुगेको छ । रियल शीर्षस्थानको एट्लेटिको म्याड्रिडभन्दा २ अंकले पछि रहेको छ । पराजित भएको ओसासुना ४० अंक जोडेर ११औं स्थानमा छ ।

३४औं चरणको ला लिगामा खेल जारी रहँदा अब चार राउन्डको खेल बाँकी रहेको छ । चार राउन्ड बाँकी पश्चात खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको छ ।