प्रकाश सपुथलाई कोरोना पुष्टि

   १७ बैशाख २०७८, शुक्रबार १४:३५  

१७ बैशाख, रौतहट । गायक प्रकाश सपुथलाई कोरोना पुष्टि भएको छ ।

उने सामाजिक संजाल मार्फत आफू संक्रमित भएको जानकारी दिएका हुन् । स्वास्थ्यमा समस्ण भएपछि, काठमाडौं मेडिकल कलेजमा स्वाब पीसीआर परीक्षण गराउँदा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको सपुथले जनाए ।

शरिर दुख्ने, गल्ने, छटपटि हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने जस्ता लक्षण देखा परेपछि उनले स्वाब दिएका थिए ।

हाल सपुथ होम आइसोलेसनमा बसेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य नै रहेको छ । उनले आफुसँग सम्पर्कमा आएको सबैलाई पिसिआर टेस्ट गर्न आग्रह गरेका छन् ।