पूर्वरानी कोमल आईसीयूमा भर्ना
१६ बैशाख, रौतहट । श्वासप्रश्वासमा समस्याभएसंगै पूर्वरानी कोमल शाहलाई आईसीयू भर्ना गरिएको छ । कोमल शाहलाई अक्सिजनको समेत कमी देखिएपछि आईसीयूमा सारिएको हो ।
कुम्भ मेलामा सहभागी भएर आएका पूर्वराज दम्पतीमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण भएसंगै प्रर्वराज दम्पतीलाई काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
अहिले कोमल शाहलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको अस्पतालले जनाएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनी पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा रहेको जनाइएको छ ।






