प्रधानमन्त्री ओलीद्वारा पुनर्निर्मित धरहराको उद्घाटन सम्पन्न

   ११ बैशाख २०७८, शनिबार १७:३६  

११ वैशाख, राैतहट । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार पुनर्निर्मित धरहराको उद्घाटन गरेका छन् ।

२०७२ को भूकम्पले ढालेको धरहरा ठडिएसँगै ओलीले उद्घाटन गरेका हुन् । तर हालसम्मपनि धरहराको फेदमा निर्माण हुनुपर्ने संरचनागत कामहरु भने सकिएको छैन ।

भूकम्प गएको ६ वर्ष पुगे पनि पुनर्निर्माणमा विवाद भएपछि २०७५ मा मात्रै धरहराको पुनर्निर्माण सुरु भएको थियो ।