आलिया भट्ट कोरोना जितेर अस्पतालबाट डिस्चार्ज

   २ बैशाख २०७८, बिहीबार १२:१२  

बलिउड अभिनेत्री आलिया भट्ट कोरोना संक्रमणमुक्त भएकी छन् । उनले एक तस्बिर सेयर गर्दै उक्त खबर सार्वजनिक गरेकी हुन् ।

उनले यो समय ‘नेगेटिभ’ हुने राम्रो समय भएको बताएकी छन् । आलियालाई १४ दिनअघि कोरोना पुष्टि भएको थियो ।

उनीभन्दा पहिले रणवीर कपूर र उनको आगामी चलचित्र ‘गंगुबाई काठियावाड़ी’ का निर्देशक सञ्जय लीला भन्साली संक्रमणमुक्त भएका छन् ।

हाल उनका ३ चलचित्र गंगुबाई काठीयावाड़ी, ब्रम्हास्त्र र आरआरआर लाइनअपमा छन् । एजेन्सी