माओवादीका चार जना सांसद पदमुक्त

   ३० चैत्र २०७७, सोमबार ११:३१  

३० चैत, रौतहट । नेकपा माओवादी केन्द्रले प्रदेश २ मा ४ जना सांसदलाई बर्खास्त गरेको छ । नेकपा माओवादी केन्द्रले ४ जना सांसदलाई बर्खास्त गरेको पत्र प्रदेश सभालाई बुझाएको हो ।

नेकपा एमालेमा लागेको भन्दै पार्टीको केन्द्रीय समितिले ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा, रामचन्द्र मण्डल र मोहम्मद समीरसँग स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण सोधेको २४ घण्टाभित्र पनि जवाफ नदिएका कारण उनीहरुलाई बर्खास्त गरिएको स्रोतले जनाएको छ ।

यसअघि चैत २६ गतेपनि ४ जनालाई सांसद पदबाट पदमुक्त गरेको थियो । माओवादीले प्रतिनिधिसभा सांसद लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीलाई बर्खास्त गरेको थियो ।