विप्लव समूहले विज्ञप्तिमार्फत काममा व्यस्त रहेको स्पष्ट पारे

   २८ चैत्र २०७७, शनिबार १२:०४  

२८ चैत, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले महासचिव नेत्रविक्रम चन्द विप्लव पार्टीको राजनीतिक–सङ्गठनात्मक काममा व्यस्त रहेको स्पष्ट गरेको छ ।

‘विप्लव कता गुमनाम’ शीर्षकमा शुक्रबार प्रकाशित समाचारपछि, आज विप्लव पक्षले एक विज्ञप्तिमार्फत उनी पार्टीको राजनीतिक तथा संगठनात्मक काममै व्यस्त रहेको स्पष्ट पारेको छ ।

पार्टी र महासचिव विप्लव पार्टीको राजनीतिक सङ्गठनात्मक काममा व्यस्त रहेको विज्ञप्तिमा उल्लखे गरिएको छ, नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सचिवालयको तर्फबाट शनिबार जारी भएको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता अनुचित प्रचारबाजी बन्द गर्न पनि अनुरोध गर्दछौँ ।