गोविन्दालाई पनि कोरोना संक्रमण पुष्टि

   २३ चैत्र २०७७, सोमबार ११:०२  

२३ चैत, रौतहट । बलिउड अभिनेता गोविन्दालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । अभिनेता गोविन्दाले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

हाल उनी होम क्वारेन्टिनमा बसिरहेका छन् । कोरोना संक्रमणबाट बच्न सावधानी अपनाउँदा अपनाउँदै आफूलाई संक्रमण भएको गोविन्दाले बताएका छन्। उनको परिवारका सदस्य तथा स्टाफहरुलाई भने कोरोना संक्रमण पुष्टि नभएका् समेत बताए । एजेन्सी