राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने भ्रमणका लागी बंगलादेश प्रस्थान
९ चैत, रौतहट । राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने राजकीय भ्रमणका लागी आज बङ्गलादेश प्रस्थान गरेकी छन् ।
नेपाल वायु सेवा निगमको विशेष चार्टर विमानमार्फत बंगलादेश भण्डारी प्रस्थान गरेकी स्रोतले जनाएको छ ।
स्रोतका अनुसार राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा नेपाल र बंगलादेशको बीचको पारवहन सम्झौता संशोधनसम्बन्धी सम्झौतालगायत चारवटा समझदारी पत्रमा हस्ताक्षर हुने जनाइएको छ ।
बंगलादेशका राष्ट्रपिता बंगलाबन्धु शेख मुजबुर रहमानको शतवार्षिकी जन्मजयन्तीमा पनि भण्डारी सहभागी हुन बताइएको छ । बंगलादेशी समकक्षी मोहमम्द अब्दुल हमिदको निमन्त्रणमा उहाँ बंगलादेश जानुभएको स्रोतले जानकारी दिए ।
भण्डारीले सोही कार्यक्रममा नेपाल–बंगलादेश सम्बन्धको बारेमा प्रवचन पनि दिनुहुनेछ ।






