माधव समूहको बैठक सुरु
द नेपाल मिडिया
५ चैत्र २०७७, बिहीबार १५:३२
५ चैत, रौतहट । नेकपा एमाले माधव नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको बैठक सुरु भएको छ । बुधबारदेखि ललितपुरमा सुरु भएको राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न गर्नुअघि नेताहरु छलफलमा जुटेका हुन् ।
एक नेताका अनुसार भेलाको समीक्षा गर्दै आगामी कार्य योजनाबारे छलफल भइरहेको छ ।






