नेता माणिकलाल श्रेष्ठको आज निधन
३ चैत, रौतहट । नेपाली वाम आन्दोलनका शिखर बौद्धिक व्यक्तित्व प्रो। माणिकलाल श्रेष्ठको आज निधन भएको छ ।
निमोनिया तथा अन्य विभिन्न रोगहरुले ग्रसित भएपछि, उपचारका लागी लामो समयसम्म अस्पतालमा भर्ना भएका श्रेष्ठको मंगलबार निधन भएको हो ।
अस्पतालमा भर्ना गरी उपचारका क्रममा केही सुधार भएपछि उनलाई घरमै राखी उपचार गरिँदै आइएको थियो । त्यसबाहेक, उनलाई नियमितरुपमा डायलाइसिससमेत गरिँदै आइएको थियो ।
पुराना पुस्ताका तथा अहिलेका चर्चित वामपन्थी नेताहरुले समेत श्रेष्ठलाई आफ्ना गुरु मान्ने गर्छन् । पुराना पुस्ताका नेताहरु समेत सैद्धान्तिक विषयका लागि श्रेष्ठसँग बहस छलफल गर्ने तथा उनीसँग सरसल्लाह लिने गर्थे ।






