भारतले टेस्टको दोस्रो दिन इंग्ल्यान्डलाई १० विकेटले पराजित
१४ फागुन, रौतहट । नरेन्द्र मोदी इन्टरनेशनल क्रिकेट मैदानमा इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा भारतले सजिलो जीत निकालेको छ । भारतले टेस्टको दोस्रो दिन इंग्ल्यान्डलाई १० विकेटले पराजित गरेको हो ।
जितसँगै भारतले ४ खेलको सिरिजमा २–१ को अग्रता बनाएको छ । इंग्ल्यान्डले दिएको ४९ रनको लक्ष्य भारतले बिना विकेटको क्षतिमा पुरा गर्यो ।
कप्तान जोय रुटले १९ रन जोड्दा ओली पोपले १२ रन बनाए । भारतका अक्षर पटेलले ५ विकेट लिए । रविचन्द्र आश्विनले ४ विकेट लिए । त्यसअघि भारत पहिलो इनिङ्समा १ सय ४५ रन जोड्दा अलआउट भएको थियो ।






