‘धूम-४’ दीपिका भिलेन बन्न सक्ने
द नेपाल मिडिया
३ फाल्गुन २०७७, सोमबार १३:५२
३ फागुन, रौतहट ।
बलिउड अभिनेत्री दीपिका पादुकोण यशराज फिल्म्सको अर्को मूभी धूम ४ मा भिलेन बन्न सक्ने बताइएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार प्रोडक्शन हाउसले फिल्मका लागि उनलाई अप्रोच गरेको छ ।
दीपिका पनि यो चुनौतिको सामना गर्न उत्साहित छिन् ।
आधिकारिक रुपमै उनले यो भन्दा पहिला यसमा विचार गर्नुपर्ने बताएकी थिइन् । अहिले उनी सिद्धार्थ आनन्दको निर्देशनमा बनेको पठानमा काम गरिरहेकी छन् । एजेन्सी






