रणवीर र आलिया तत्काल विवाह गर्ने मनस्थितिमा छैनन्

   १९ माघ २०७७, सोमबार १२:३०  

 

१९ माघ, रौतहट ।

बलिउड अभिनेत्री आलिया र अभिनेता रणवीरको विवाह चाँडै हुने अनुमान गरिएको थियो ।

ताजा रिपोर्ट अनुसार उनीहरु तत्काल विवाह गर्ने मनस्थितिमा छैनन् । उनीहरु अर्को वर्षसम्मका लागि केबल साथीकै रुपमा सम्बन्धलाई निरन्तरता दिन चाहन्छन् । आलियाको रणवीरकी आमा नीतू कपूरसँग राम्रो बण्डिङ छ । त्यहीकारण पनि नीतू तत्कालका लागि रणवीर र आलियाको विवाह गराउने सोचमा छैनन् ।

आलिया र रणवीर सन् २०१८ देखि अफेयरमा छन् । आलिया प्राय रणवीरको फोटो र भिडियोमा प्रतिक्रिया दिइरहन्छिन् । हालैमात्र उनीहरुले यो जोडीले राजस्थानमा नयाँ वर्ष मनाएको थियो । रणवीर र आलिया अयान मुखर्जी निर्देशित फिल्म ‘ब्रह्मास्त्र’ मा देखिँदैछन् । एजेन्सी