अभिनेता राम चरणलाई कोरोना पुष्टि
१४ पुस, रौतहट । अभिनेता राम चरणलाई कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।
उनले सामाजिक सञ्जालमा आफू कोरोना भाइरसको संक्रमणमा परेको जानकारी दिएका हुन् ।
रामले ट्विट गर्दै लेखेका छन्, “म कोरोना पोजेटिभ भएको छु । तर यसको कुनै लक्षण देखिएको छैनन् । पोजेटिभ आउने बित्तिकै म होम–क्वारिन्टिनमा बसेको छु । चाँडै स्वस्थ हुने आशा गर्दछु ।”
उनले पछिल्लो केही दिनदेखि आफूसँग सम्पर्कमा रहेकाहरुलाई कोरोना परिक्षण गराउन आग्रह समेत गरेका छन् । एजेन्सी






