२१ जिल्लामा पेट्रोलियम पदार्थ ड्रममा राखेर बेच्नका लागि खुल्यो अनुमतिपत्र

   २३ असार २०७७, मंगलवार ०९:२८  

असार २३, रौतहट । नेपाल आयल निगमले २१ वटा दुर्गम जिल्लामा विकास निर्माण कार्य तथा अनय खपतका लागि चाहिने मुख्यत डिजेल बिक्रि नियुक्त गर्न आवेदन माग गरेको छ ।

सरकारले दुर्गम भनेर तोकेको २१ जिल्लामा ड्रम वा सुरक्षित भण्डारणमा राखेर बेच्ने विक्रेता नियुक्त गर्न आवेदनमा माग गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । ड्रम र ट्यांकीमा राखेर खुद्रामा पेट्रोलियम बिक्री गर्न चाहने संस्था वा व्यक्तिले निगमको प्रादेशिक तथा केन्द्रीय कार्यालयमा निवेदन गर्न सकिने निगमले जनाएको छ ।

दार्चुला, मुगु, बझाङ, दैलेख, कालीकोट, जाजारकोट, बाजुरा, डोल्पा, हुम्ला, जुम्ला, मनाङ, मुस्ताङ, रुकुम पूर्व र पश्चिम, रोल्पा, संखुवासभा, खोटाङ, भोजपुर, ओखलढुंगा अछाम र सोलुखुम्बु जिल्लामा निगमले प्याक्ट डिपो सञ्चालन गर्न दिने जनाएको छ ।

ड्रममा राखेर तीन हजार तथा चार हजार लिटरसम्म पेट्रोलियम बिक्री गर्न पाइन्छ । देशभरका विकट जिल्लामा हाल ११० वटा प्याक्ट विक्रेता रहेको निगमले जनाएको छ ।