सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
द नेपाल मिडिया
२ पुष २०७७, बिहीबार १२:३९
२ पुस, रौतहट । नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको मूल्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९३ हजार १ सय रुपैयाँमा कारोबार भएके छापावाल सुनको भाउ आज प्रतितोलामा ९३ हजार ५ सय रुपैयाँ तोक्किएको हो ।
त्यसैगरी, आज तेजावी सुनको मूल्य पनि प्रतितोलामा ९३ हजार ५० रुपैयाँ कायम भएको महासंघले जानकारी दिए ।
त्यस्तै, बिहीबार चाँदीको भाउमा पनि सामान्य वृद्धि भएको छ ।
आज प्रतितोलामा १ हजार ३ सय ५५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ ।