धार्मिक र पवित्रस्थलको अनुभूति हुनेगरी पशुपति क्षेत्रको सौन्दर्यता विकास गरिने

   २३ असार २०७७, मंगलवार ०८:२४  

असार २३, रौतहट । नेपालमा रहेका धार्मिक र पवित्रस्थल पशुपतिनाथ मन्दिरको दक्षिणद्वारका मँगलबार उद्घाटन गरिएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले धार्मिक र पवित्रस्थलको अनुभूति हुने गरी पशुपति क्षेत्रको सौन्दर्यता विकास गरिने बताएका छन्।

नेपाल एसबीआई बैँकको लगानीमा निमार्ण भएको पशुपति मन्दीरको दक्षिणद्वारका आज मँगलबार उद्घाटन गर्दै मन्त्री भट्टराईले पशुपति क्षेत्रको सुन्दरता मार्फत भक्तजनहरुलाई धार्मिक र पवित्र तिर्थस्थलमा प्रवेश गरेको अनुभूति दिने गरी पशुपति क्षेत्रको विकास गर्न लागिएको बताए ।

त्यसका लागि पशुपति क्षेत्रभित्र जीर्ण रहेका संरचनाहरुको पुननिर्माण गर्ने र सरसफाईमा उच्च ध्यान दिने कामहरु बाँकी रहेको मन्त्री भट्टराईले बताए ।

पशुपति क्षेत्रको समग्र विकासका लागि गुरु योजना तयार पारिएको र मन्त्रिपरिषद्बाट पारित भएपछि संरचना निर्माणका कार्यहरुले गति लिने बताए । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा। प्रदीप ढकालले पशुपति क्षेत्र कस्तो बन्ने भन्ने विषयमा गुरुयोजना तयार भइसकेको र सोही अनुसार नै यसको सौन्दर्यता कायम गरिने बताए ।

कार्यक्रममा नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकुल भटनागरले बैंकले आÏनो सामाजिक उत्तरदायित्व अन्तर्गत पवित्र धार्मिक स्थलको प्रवेशद्वार निर्माण गर्न पाउँदा खुशी लागेको बताए ।