सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

   १ पुष २०७७, बुधबार १२:५४  

१ पुस, रौतहट । नेपाली बजारमा पुस महिनाको पहिलो दिन सुनको मूल्य प्रतितोलामा ८ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघक अनुसार मंगलबार तोलामा ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोलामा ९३ हजार १ सय रुपैयाँ तोक्किएको हो ।

यस्तै, हिजो ९१ हजार ८ सय ५० रुपैयाँमा बिक्रि भएको तेजावी सुनको कारोबार आज ९२ हजार ६ सय ५० रुपैयाँमा भइरहेको महासंघले जानकारी दिए ।

यस्तै, चाँदीमा पनि प्रतितोला रु ३० ले वृद्धि भएको छ । मङ्गलबार १ हजार २ सयमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोलामा १ हजार २ सय ३० रुपैयाँ कायम भएको महासंघले जनाए ।