२३ कम्पनीको शेयरमूल्य बढ्यो

   १ पुष २०७७, बुधबार ११:१७  

१ पुस, रौतहट । साताको चौथोे कारोबार दिन बुधबार प्रि ओपनिङ्गमै शेयर बजार परिसूचक मापक नेप्से ३५.७८ अंकले बढेको छ । नेप्से ३५.७८ अंकले बढेर २ हजार ९७.२० बिन्दुमा पुगेको हो ।

आज नेप्सेको प्रि ओपनिङ्ग सेसनमा २७ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २३ कम्पनीको शेयरमूल्य बढेको छ । कारोबारमा आएका कुनैपनि कम्पनीको मूल्य घटेको छैन भने ४ कम्पनीको शेयरमूल्य स्थीर रहेको छ ।

यस अवधिमा २७ कम्पनीका ५ हजार ९९४ कित्ता शेयर ३९ लाख ७० हजार ८४० रुपैयाँमा खरीद बिक्री भएका छन् ।