स्पर्स लघुवित्त लगानीकर्तालाई २० प्रतिशत लाभांश दिदैँ
द नेपाल मिडिया
३० मंसिर २०७७, मंगलवार १२:१३
३० मंसिर, रौतहट । स्पर्स लघुवित्तले आफ्ना लगानीकर्ताहरुलाई यस वर्र्षका लागि लाभांश प्रस्ताव गरेको छ ।
संस्थाको संचालक समितिले गत आवको १९।५० प्रतिशत बोनस शेयर र १।०३ प्रतिशत नगद लाभांश गरि कुल २०।५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वुकृति दिएपछि र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।
हाल यस कम्पनीको चुक्ता पुँजी ९ करोड ३७ लाख ४८ हजार रहेको छ ।






