रौतहटमा कांग्रेसको प्रर्दशन
२९ मंसिर, रौतहट । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारको विरोधमा आज देशैभर प्रदर्शन गरेको छ ।
नेपाली कांग्रेस रौतहटले गौरको राइसमिलबाट शुरु गरेको जुलुसले सरकारको विरोधमा नाराबाजी गर्दै नगर परिक्रमा गरेको थियो ।
सरकारविरुद्ध सडकमा प्रर्दशन गर्दाै ३ वर्षसम्म सरकारले केही राम्रो काम गर्न नसकेको र भ्रष्टाचारमा लिप्त भएको भन्दै व्यापक विरोध गरेको थियो ।
प्रधानमन्त्री ओलीको कारण सबै नेपाली दु:ख पाएको सरकार जनाता विरोधी रहेको कांग्रेस नेताहरुको आरोप थियोे । गौरमा भएको प्रदर्शनमा सांसद देव प्रसाद तिमिल्सिना, पुर्व सांसद जितेन्द्र यादव, नेता कृष्ण यादव लगायत नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।








