शुक्रबार सुनचाँदीको मूल्य स्थिर

   २६ मंसिर २०७७, शुक्रबार १३:१२  

२६ मंसिर, रौतहट । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर नै रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको कारोबार आज पनि सोही भाउमा भइरहेको हो ।

यस्तै, हिजो कायम भएकै तेजावी सुनको तोलामा ९२ हजार ५० रुपैयाँमा आज पनि कारोबार भएको छ ।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । बिहीबार तोलामा १ हजार २ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको हो ।