आगामि ३ दिन बाढी आउने सम्भावना
द नेपाल मिडिया
२२ असार २०७७, सोमबार १२:०८
असार २२, रौतहट । आगामि ३ दिन असार २५ गते शुक्रबार देखी २९ गते सोमबार सम्म नदीमा पानीको बहाव बढने सम्भावना जल तथा मौसम बिभागले गरेकोे छ । मौसमी वर्षाका कारण बाढी पहिरो आउन सम्भावना समेत रहेको छ । देशैभर भएका नदीहरुमा यहि असार २५ गतेदेखी पानीको बहाव बढने अनुमान गरिएको छ । कन्काई, कोशी, कमला, बाग्मती, नारायणी नदीमा पानी बहाव बढेर बाढी समेत आउने सम्भावना जल तथा मौसम बिज्ञान विभागले जनाएको छ ।
प्रदेश १ र २ का तराई क्षेत्रबाट बहने सबै नदीमा पानीको बहावले सतर्कता तह पार गरी खतरा तह हासपास पुग्न सक्ने संभावना रहेका कारण प्रदेश १ र २ का नागरिकहरुलाई पूर्वतयारीलाई प्रथमिकता दिएर सचेत हुन आग्रह गरेको छ । आगामी ३ दिन सम्म बाढीको सम्भावना बढी भएकाले कुनै पनि निर्माण कार्य नगर्न र नदी किनारमा घुम्न आवतजावत नगरि आवश्यक सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय रौतहटले सुचना जारी गरेको छ ।