फुडमाण्डु हृयाक गरेको आरोपमा एकजना पक्राउ

   २४ मंसिर २०७७, बुधबार १२:५५  

२४ मंसिर, रौतहट । फुडमाण्डु प्रालिको सूचना प्रणाली हृयाक गरेको आरोपमा एकजना युवक पक्राउ परेका छन् । नवलपरासी पश्चिम घर भई काठमाडौं बस्ने १९ वर्षीय दिनेश तिवारीलाई साइबर व्युरोको टोलीले पक्राउ गरेको हो ।

तिवारीले फुडमाण्डुको सूचना प्रणालीमा अनधिकृतरुपमा पहुँच पुर्‍याएर डाटा सार्वजनिक गरेको साइबर व्युरोकाले जानकारी दिए ।