सुनचाँदीको मूल्यमा सामान्य गिरावट
द नेपाल मिडिया
२४ मंसिर २०७७, बुधबार ११:५९
२४ मंसिर, रौतहट । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोलमा रु ७ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज प्रतितोलामा ९३ हजार ४ सय रुपैयाँ कामय भएको हो ।
यस्तै, आज तेजावी सुनको मुल्य प्रतितोलामा ९२ हजार ९ सय ५० रुपैयाँ रहेको छ ।
त्यसैगरी, आज चाँदीको मुल्यमा पनि २० रुपैयाँले गिरावट आएको छ ।
हिजो १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १ हजार २ सय १५ रुपैयाँमा तोक्किएको महासंघले जनाए ।