घटेन कोरोना परीक्षण गराउनेको भीड
असार २२, रौतहट । काठमाडौँ टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना भाईरस (कोभिड १९) परीक्षणका लागि आउनेको सङ्ख्या अत्यधिक हुँदा भीड नियन्त्रण गर्न कठिन भएको छ । काठमाडौँ उपत्यकामा कार्यालय र पसल खुलेसँगै असार लागेदेखि नै अस्पतालमा चाप ह्वात्तै बढेको हो ।
कोरोना भाईरस (कोभिड १९) को रोकथाम र नियन्त्रणका लागि सरकारले सामाजिक दूरी कायम गर्न भने पनि अस्पतालमै भीड नियन्त्रण गर्न हम्मेहम्मे परेको अस्पतालका निर्देशक डा। सागर राजभण्डारीले बताए । व्यवस्थापन गर्न असाध्यै गाह्रो भइरेहको उनले बताएका हुन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सरुवा रोग नियन्त्रण महाशाखाबाट कुनै निर्देशन नआएको उनको भनाइ छ ।
उनले भने– ‘मन्त्रालबाट स्पष्ट निर्देशन नहुँदा समस्या व्यवस्थापन गर्न असाध्यै गाह्रो भइरेहको छ ।’ अहिले दैनिक ७०० देखि एक हजार ३०० सम्म कोरोना परीक्षणका लागि आउने गर्द छन् । शुक्रबार ९०० जना परीक्षणका लागि आएको अस्पतालका निर्देशक डा। सागर राजभण्डारीले बताए ।